मार्ग दर्शक सुधार केन्द्रका सञ्चालक

सुमन खड्काले उठाए लागुऔषधविरुद्ध आवाज (तस्बिरसहित)

मार्ग दर्शक सुधार केन्द्रका सञ्चालक सुमन खड्काले लागुऔषधविरुद्ध आवाज उठाएका छन्। 

प्रहरी वृत्त लैनचौर, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा सम्पन्न नागरिक सुनुवाइ कार्यक्रममा उनले लागुऔषधको असरबारे बताएका हुन्। उनका अनुसार लागृऔषधबाट छुटकारा पाउनका लागि सचेतना कार्यक्रम गर्नुपर्छ। 

‘यसको सेवन गर्दा शरीरमा हुने असरबारे हामीलाई राम्रोसँग थाहा छ, त्यसैले योविरुद्ध जनचेतना फैलाउन जरुरी छ’, कार्यक्रमको मुख्य अतिर्थी रहेका उनले धन्यवाद दिँदै भने, ‘यदी कोही यो कुलतमा फस्नु भएको छ भने हामीलाई खबर गर्नुहोस्। हामी तपाईंको उपचारमा लाग्नेछौं।’


(बूढानीलकण्ठ–पासीकाेटमा विगत एक वर्षदेखि सञ्चालन भइरहेको मार्ग दर्शक सुधार केन्द्रमा सम्पर्क गर्नका लागि ९८४५३४४४९०, ९७४१६८९४६३ नम्बरहरूमा फोन गर्न सकिनेछ।)

 

प्रकाशित मिति: : 2023-10-07 13:39:00

प्रतिकृया दिनुहोस्