घर किन्‍नेलाई सहुलियत, २ करोडसम्म ऋण लिँदा कर चुक्ताको प्रमाण पत्र नचाहिने

नेपालन्यूज

काठमाडौं

नेपाल राष्ट्र बैंकले घर खरिद गर्नका लागि खुकुलो नीति लिएको छ। राष्ट्र बैंकले चालु अर्थिक वर्षको मौद्रिक नीतिको समिक्षा गर्दै घर खरिद गर्नका लागि खुकुलो नीति ल्याएको हो। अब बैंकहरुले पहिलो घर निर्माणका लागि आम्दानीको ६० प्रतिशतसम्म ऋण दिन पाउनेछन्। यसअघि ५० प्रतिशतमात्र थियो। साथै, उपत्यकाभित्रको धितो मूल्यांकनको ५० प्रतिशत र उपत्यकाबाहिरको धितो मूल्यांकनको ६० प्रतिशतसम्म ऋण दिन सक्नेछन्।

यसअघि राष्ट्र बैंकले काठमाडौं उपत्यकाभित्र धितोको मूल्यांकनको ४० प्रतिशत र काठमाडौं बाहिर धितो मूल्यांकनको ५० प्रतिशत ऋण दिनसक्ने व्यवस्था गरेको थियो। उक्त व्यवस्थालाई राष्ट्र बैंकले परिमार्जन गर्दै खुकुलो नीति लिएको हो।

प्रकाशित मिति: : 2020-03-03 21:29:07

प्रतिकृया दिनुहोस्