विश्व सुन्दरी सिन्धुपाल्चोक आउँदै

बिएल संवाददाता

काठमाडाै‌ं

‘मिस वर्ल्ड’ २०१९ का विजेता जमैकाकी टोनी एन सिं सिन्धुपाल्चोकको हेलम्बु आउने भएकी छिन्। हिड्न टेजर तथा पर्यटन मन्त्रालयसँगको समन्वयमा पहिलो पटक ‘मिस वर्ल्ड’ सिन्धुपाल्चोकको हेलम्बु आउन लागेकी हुन्।

टोनी फाल्गुन २३ गते हेलम्बु गाउँपालिका वडा ७ को सुर्सिङ गाउँमा मिस नेपाल २०१९का विजेता अनुष्का श्रेष्ठले सञ्चालन गरेको स्वयमसेवीका तथा स्वावलम्बन कार्यक्रमको समेत अवलोकन गर्ने कार्यक्रम रहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए। 

साथै उनले अघिल्लो वर्षकी मिस नेपाल श्रृखंला खतिवडाको प्रोजेक्ट पनि अवलोकल गर्ने कार्यक्रम रहेको जनाइएको छ।

टोनी सिन्धुपाल्चोकको हेलम्बु आउँदा पर्यटन क्षेत्रमा सहयोग पुग्ने हेलम्बु गाउँपालिकाले अपेक्षा गरेको छ। टोनीले हेलम्बुमा निमार्णाधिन चीन पछिको दोस्रो ठूलो ग्रेट ट्रेल र हेलम्बुका मोडेल विद्यालयहरुकोे समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: : 2020-03-04 04:28:09

प्रतिकृया दिनुहोस्