थाईल्याण्डविरुद्ध फराकिलो जित हात पार्नुपर्ने दबाबमा नेपाल

नेपालले बुधबार एसीसी इस्टर्न रिजन पुरुष टी २० कप क्रिकेटको आफ्नो तेस्रो खेलमा आयोजक थाइल्याण्डको सामना गर्दैछ।

बैंकको टेर्डथाई क्रिकेट मैदानमा हुने नेपाल र थाइल्याण्डबीचको खेल नेपाली समय अनुसार बिहान ८: १५ बजे सुरु हुनेछ।

प्रतियोगिताबाट बाहिरिसकेको थाइल्याण्डलाई पराजित गर्दै नेपाल यस प्रतियोगिताबाट एसिया कप छनोटमा पुग्न चाहन्छ। त्यसैले यस खेल निकै महत्वपूर्ण रहेको छ।

पाँच राष्ट्र सहभागी इस्टर्न रिजनको फाइनल पुग्ने दुई टिमले एसिया कप छनोटमा स्थान बनाउने छन्। नेपाल २ खेलमा २ हार व्यहोर्दा अंक जोड्न सकेको छैन। नेपाल तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ। 

तर दुबै खेलमा हार खेपेको नेपालले शीर्ष दुईमा स्थान बनाउन अन्य टोलीको नतिजामा पनि भर पर्नु पर्नेछ। त्यसैले शीर्ष दुईमा स्थान बनाउन नेपाललाई थाइल्याण्डविरुद्ध जित निकाल्नुको विकल्प छैन।

मुख्यत नेपालले शीर्ष दुईमा स्थान बनाउन हङकङको भर पर्नु पर्नेछ। हङकङले बाँकी रहेको खेलमा फराकिलो जित हात पारे नेपालले शीर्ष दुईमा स्थान बनाउने समिकरण रहेको छ।

जसमा नेपालले समेत बाँकी खेलमा फराकिलो जित निकाल्नु जरुरी रहेको छ।

त्यसैले बुधबार नेपालले आयोजकमाथि ठुलो रन रेट बनाउने लक्ष्य सहित खेल्नु पर्नेछ।
 

प्रकाशित मिति: : 2020-03-04 19:09:02

प्रतिकृया दिनुहोस्