सन्दिपले २२ डट फालेर बनाए नयाँ विश्व कीर्तिमान !

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले अन्तराष्ट्रिय टी २० क्रिकेटमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। थाइल्याण्डविरुद्धको जारी खेलमा  लगातार २२ बल कुनै रन नदिई लामिछानेले कीर्तिमान कायम गरेका हुन्। 

सन्दीपले ४ ओभरमा ३ मेडन ओभर गर्दै ९ रन खर्चेर १ विकेट लिएका थिए।

यसअघि उक्त कीर्तिमान पाकिस्तानका फास्ट बलर मोहमद आमिरको नाममा रहेको थियो। उनले यूएइविरुद्धको खेलमा लगातार २१ डट बल फालेका थिए। 

अमिरसँगै अन्य ४ बलरले समेत उक्त उपलब्धी हासिल गरेका थिए।

घरेलु टोली ६६ रनमा समेटियाे

नेपाली बलरहरूको उत्कृष्ट प्रदर्शनमा थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी २० प्रतियोगितामा नेपालले घरेलु टोलीलाई ६६ रनमा समेटेको छ।

बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको थाईल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ६६ रनमा समेटियो।

थाइल्याण्डलाई सस्तैमा रोक्न नेपालका लागि करन केसीले ३, अभिनास बोहोराले २ तथा सन्दीप लामिछाने र भुवन कार्कीले समान १-१ विकेट लिए।

थाइल्याण्डका लागि हेनो जर्दान र फिरियापोङ सुनचाहीले समान १३-१३ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्मेनले दोहोरो रन बनाउन सकेनन्।

थाइल्याण्डले अतिरिक्तमा सर्वाधिक १७ रन जोडेको थियो।

यो नेपालले टी ट्वान्टी  अन्तर्राष्ट्रियमा विपक्षीलाई रोकेको इतिहासकै कम योगफल हो। यसअघि नेपालले सन् २०१४ को टी ट्वान्टी विश्वकपमा हङकङलाई ६९ रनमा अल आउट गरेको थियो। 

सुरूमै बलिङ गरेका सन्दीप लामिछानेले ४ ओभरमा ९ रन खर्चेर १ विकेट लिए । टि ट्वान्टी आईमा डेब्यू गरेका भुवन कार्कीले ४ ओभरमा ६ रन खर्चेर १ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । करण केसीले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए ।

प्रकाशित मिति: : 2020-03-04 22:41:22

प्रतिकृया दिनुहोस्