अमेरिकामा 'सुपर टुज्डे'को चमत्कारिक निर्णय: बर्नीलाई पछि पार्दै बाइडन अगाडि 

अमेरिकामा सुपर टुज्डेको परिणाम आउने क्रम जारी छ । सुरूवाती रूझानअनुसार जो बाइडेनले चमत्कारिक परिणाम निकाल्दै बर्नी स्याण्डर्सलाई पछि पारेका छन्। 

१४ राज्यमध्ये ११ राज्यको सुरूवाती रूझान आएको छ। ११ मध्ये ८ मा जो बाइडेन नम्बर १ रहेका छन् भने तीनमा मात्र बर्नीलाई त्यो सफलता हात लागेको छ। 

प्राप्त पछिल्लो रूझानमा नर्थ कारोलाइना, भर्जिनिया, मिन्नेसोटा, अर्कान्सास, टेनसी, अलावामा, मासाचुसेट्स र ओक्लोहामामा बाइडन विजयी हुने देखिएको छ भने बर्नीले गृहराज्य भर्मन्ट, उटाह र कोलोराडो आफ्नो पक्षमा पार्ने प्रक्षेपण गरिएको छ। 

बाइडनको यो जीतमा सोमबार मात्र निर्वाचन स्थगित गर्दै बाइडनको समर्थन गर्ने एमी क्लोबचर र मेयर पिट बटिजजको ठूलो हात रहेको स्वयं बाइडनले बताएका छन्। उनले यो जीतको श्रेय उनलाई सरम्थन गर्ने अर्का उम्मेद्वार ओ'रर्कलाई पनि दिएका छन्। 

पहिलो चार राज्यको परिणाममा अगाडि रहेका लिबरल बर्नी मोडरेट घेराबन्दीमा पारिएपछि पछि परेका हुन्। उनलाई उम्मेद्वारी जित्न नदिन डेमोक्रेट संस्थापन योजनावद्ध ढंगले लागेकाले पनि सुपर टुज्डेको परिणाम यस्तो आएको अनुमान गर्न गाह्रो छैन। 

पछिल्लो परिणामअनुसार जो बाइडन एकसय ७३ डेलिगेट्सका साथ अग्रस्थानमा रहेका छन् । उनलाई पछ्याइरहेका बर्नीसँग एकसय १४ डेलिगेट्स मात्र रहेका छन्।  त्यसैगरी वारेनसँग नौ, ब्लुमबर्गसँग ४ र तुल्सी गवार्डसँग एक डेलिगेट्स रहेका छन् । वारेनले सुपर टुज्डेबाट एकैजना पनि डेलिगेट्स जोड्न सकेकी छैनन् भने ब्लुमबर्ग र गवार्डले अमेरिकन समाओबाट डेलिगेट्सको खाता खोलेका हुन् ।

मत सर्भेक्षणहरूमा अगाडि देखिएका बर्नीले क्यालिफोर्निया र टेक्सासबाट ठूलो अपेक्षा गरेका छन्। यदि त्यसो भयो भने बर्नीसँग बाइडनभन्दा केही बढी डेलिगेट्स हुने सम्भावना बाँकि नै छ। बर्नी र वारेनबीच मत बाँडिदा पनि बर्नी पछि परेका हुन्। उता, ब्लुमबर्गले भने आशातित रूपमा मोडरेट मत आफूतिर तान्न नसक्दा त्यसबाट बाइडनलाइ खासै नोक्सान भएन ।

 

  •  
प्रकाशित मिति: : 2020-03-04 23:05:16

प्रतिकृया दिनुहोस्