सफल प्रत्यारोपणकाे प्रतीक्षा...

नेपालन्यूज

काठमाडौं

पबित्रा खड्का

मङ्‌गलबार दिउँसो करिब २ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुग्दा प्रधानमन्त्री केपी शर्मा ओलीको डायलाइसिस चलिरहेको थियो। डायलाइसिस सकेर प्रधानमन्त्री ओलीलाई ३ बजे वार्डमा सारियो।

साढे ३ बजे अस्पतालका प्रा.डा.अरुण सायमीले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था र प्रत्यारोपणको तयारीबारे जानकारी दिए। डा. सायमीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण कार्य करिब तीन घण्टा लाग्ने बताए। उनले त्रिवि शिक्षण अस्पताल युरोलोजी तथा प्रत्यारोपण विभागका प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको नेपाली चिकित्सकको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने जनाए। त्यस्तै, भारतीय मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा. अमितकुमार नेतृत्वको विदेशी चिकित्सकहरूको एक टोली पनि तयारी अवस्थामा राखिएको उनले बताए। उनका अनुसार विदेशी विशेषज्ञ चिकित्सकको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण कार्यको प्रत्यक्ष निगरानी गर्नेछ।

प्रकाशित मिति: : 2020-03-04 23:11:34

प्रतिकृया दिनुहोस्