संविधान संसोधन : दुई तिहाइको देखावटी ललीपप

नेपाल लाइभ

काठमाडौं

प्रतिनिधिसभामा नेकपा सांसदको गणित शक्तिशाली छ। यसले संविधानका धाराहरु बदल्न सक्ने सामथ्र्य राख्छ। नेकपाको यो सामथ्र्यसँग विभिन्न राजनीतिक दल, समूह तथा नेताको आ–आफ्नै स्वार्थ जोडिएका छन्। अर्काे पक्षको मनोविज्ञान बुझेका पुष्पकमल दाहाल र केपी शर्मा ओली संविधान संशोधनको नाममा आफ्नो स्वार्थको रोटी सेक्न उद्धत छन्।

नेपालको संविधान उत्सव र उदासीबीच जारी भएको थियो। संविधान जारी गर्ने अन्तिम तयारी हुँदै गर्दा यसप्रतिको असन्तुष्ट आवाज पनि बढ्दै गएको थियो। परिणामतः संविधान जारी भएको दिन दीप प्रज्वलनमात्र भएन, मसाल जुलुस पनि निस्कियो। संविधानलाई देशको मुल कानुन भनेर व्याख्या गरिन्छ। यो परिभाषासंग विमति राख्ने विरलै होलान्। तर संविधान निर्माणमा राजनीतिक सहमति पनि अनिवार्य आवश्यकता हो। तसर्थ संविधान राजनीतिक सहमतिको दस्तावेज पनि हो। 

प्रकाशित मिति: : 2020-03-04 23:14:37

प्रतिकृया दिनुहोस्