प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण शल्यक्रियापछि होस खुलेको छ।
भान्जी समीक्षा संग्रौलाको शरीरबाट निकालिएको मिर्गौला ओलीको शरीरमा प्रत्यारोपणपछि काम गर्न थालेको छ।
अहिले प्रधानमन्त्रीको काटिएको शरीरको घाउमा टाँका लगाउने काम भइरहेको छ।
यसबारेमा अस्पतालले साढे चार बजे पत्रकार सम्मेल गरेर विस्तृत जानकारी गराउनेछ।
प्रधानमन्त्री ओलीले आज दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका हुन्। १३ वर्षअघि भारतको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गराएका ओलीले यसपालि स्वेदशमै त्रिवि शिक्षण अस्पताल रोजेका हुन्।
अस्पतालको मिर्गौला प्रत्यारोपण केन्द्रका प्रमुख डाक्टर प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको हो।