प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृगौला प्रत्यारोपणपछि अपरेशन थिएटरबाट आइसीयू कम्प्लेक्समा सारिएको छ। ओलीलाई साढे ४ बजे अपरेशन थिएटरसँगैकौ आइसीयू कम्प्लेक्समा सारिएको हो।
शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाका अनुसार अहिले प्रधानमन्त्रीको स्वास्थ्य स्थिर छ भने सबै सूचांकहरूले पनि राम्ररी काम गरिहरेका छन्।
प्रधानमन्त्री ओलीको होस पनि खुलिसकेको छ। उनको शरीरमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालिसकेको छ।
अब अरू कुनै समस्या नदेखिए भोलि बिहानदेखि प्रधानमन्त्रीलाई तरल खानेकुरा दिइनेछ।
यस्तै प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रदान गर्ने समीक्षा संग्रोलालाई पनि अपरेटिभ केयर युनिटको आइसीयुमा सारिएको छ।
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा १६ चिकित्सक
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण शल्यचिकित्सा टोलीमा ६, मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा ६, एनेस्थेसिया तथा क्रिटिकल केयर टोलीमा ४ गरी १६ जना चिकित्सक सहभागी भएका थिए।
सँगै अस्पतालमा कार्यरत सम्बन्धित विभागका नर्स, प्राविधिक तथा प्रशासनिक कर्मचारी पनि संलग्न थिए।
शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले मिर्गौला प्रत्यारोपणको शल्यक्रियामा संलग्न सबै चिकित्सक र कर्मचारीलाई धन्यवाद दिएका छन्।