जन्ती बोकेको बस दुर्घटना, चार जनाको मृत्यु

मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ४८ जना घाइते भएका छन्।

मकवानपुरगढीबाट हेटौँडाको लागि छुटेको ना ३ ख ३५५६ नम्बरको बस शिखरकटेरीमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा गढी–७ बस्ने वर्ष ३५ को सोमबहादुर रुम्बा र सोही ठाउँ बस्ने वर्ष २९ को सोमबहादुर मोक्तान रहेको प्रहरीले जानकारी दिएको छ। बाँकी मृतक २ जनाको खुलेको छैन।

घाइतेमध्ये २१ जनाको चुरेहिल अस्पताल र २८ जनाको मकवानपुर जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलतर्फ एम्बुलेन्स पठाएको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर बस सडकबाट तल खसेको प्रहरीले जानकारी दिएको छ।
 

प्रकाशित मिति: : 2020-03-05 10:05:07

प्रतिकृया दिनुहोस्