भक्तपुरमा भेटियो मानव कङ्‍काल

मध्यपुरथिमिमा मानव कङ्काल भेटिएको छ। राधेराधेस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्पसँगै पूर्वपट्टी सर्भिस ट्रयाकमा जोडिएको खाली जग्गा मानव कङ्काल भेटिएको हो।

स्थानीय राजेश श्रेष्ठको जग्गाको झाडी फाड्ने क्रममा बुधबार मानव कङ्काल भेटिएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए। 

‘मानव कङ्काल भेटिएको हो। अनुसन्धान गर्दा कङ्काल पुरुषको भएको खुलेको छ। शरीरको अङ्गहरुको टुक्रा छ,’ उनले भने। घटनास्थलमा शिक्षण अस्पताल महाराजगञ्जको फोरेन्सिक मेडिसिन ल्याबका चिकित्सकको टोली आएर अनुसन्धान सुरु गरेको छ। 

थप अनुसन्धानका लागि कङ्काल साँझ ६ः३० बजे शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-03-05 20:05:54

प्रतिकृया दिनुहोस्