भारत पहिलोपटक महिला विश्वकपको फाइनलमा

बिएल संवाददाता

काठमाडाै‌ं

भारत पहिलोपटक टी–२० महिला विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

विश्वकपअन्तर्गत बिहीबार भारत र इंग्लायन्डबीच सेमिफाइनल हुने तय थियो। तर, सिड्नीको निरन्तरको वर्षा भएपछि खेल हुन सकेन।

निर्धारित खेल हुन नसकेपछि समूह विजेता बनेको आधारमा भारतले फाइलनलमा स्थान बनायो। 

भारत समूह ‘ए’ को विजेता र इंग्ल्यान्ड समूह ‘बी’को उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन्।

भारतले अब उपाधिका लागि अस्ट्रेलिया र दक्षिण अफ्रिकाको विजेतासँग फाइनल खेल्नेछ।

प्रकाशित मिति: : 2020-03-06 01:06:14

प्रतिकृया दिनुहोस्