काेराेनाबाट जाेगिने मुख्य १० उपाय (भिडियाेसहित)

चीनको हुबेइ प्रान्तबाट सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा समेत भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सूचना निकालेर कोरोना भाइरसको संक्रमणबारे जानकारी गराएको हो। 

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसबाट संक्रमित भएको भन्दै हालसम्म ७ जनालाई टेकु अस्पतालमा भर्ना भएका छन्। 

टेकु अस्पतालमा निजी अस्पतालबाट रिफर गरिएका भाइरस संक्रमित बिरामीको उपचार भइरहेको छ। साथै, टेकु अस्पताल र पाटन अस्पतालमा छुट्टै कक्ष स्थापना गरी बिरामीको उपचार गर्ने व्यवस्था मिलाइएको छ।

कोरोना भाइरस संक्रमणका लक्षण

१) रुघा खोकी लाग्नु,

२) १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु

३) श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु, 

४) घाँटी, टाउको तथा जिउ दुख्ने

५) निमोनिया हुनु,

६) सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु। 

कसरी हुन्छ संक्रमण ?  

यो भाइरसले मानिसहरुमा सहजै सर्ने गुण बोकेको हुन्छ। कोरोना पशुपंक्षी र सी फुडको माध्यमबाट सर्ने गर्छ।  विशेषगरी एउटै परिवारका सदस्यहरु  बिरामी भएको अवस्थामा भने एकबाट अर्कोमा कोरोना भाइरसको संक्रमण हुने संभावना उच्च हुनेगर्छ। 

भाइरसको संक्रमण भएको समयमा मिर्गौलाले काम गर्न छोड्ने हुनाले मानिसको मृत्यु हुनेगर्छ।

यो भाइरसविरुद्ध हालसम्म कुनै खोप उपलब्ध  छैन। 

कसरी बच्ने?

१. नियमित साबुनपानीले हात धुने

हात धुँदा साबुनपानीको अनिवार्य प्रयोग गर्ने। हात धुँदा कम्तिमा २० सेकेण्डसम्म साबुनले मिच्ने गर्नुहोस्। कुनै काम गरिसकेपछि अनिवार्य साबुन पानीले हात धुँदा केही भाइरसबाट टाढा हुन सकिन्छ।

२. मानिसहरुसँग हात नमिलाउने

मानिसहरुसँग भेटघाट गर्दा हात नमिलाउने र अरुसँग भिडमा हिँडदा कम्तिमा ३ फीटको दुरी बनाउने कोशिश गर्ने। रुघा खोकी लागेको व्यक्ति भए अझै टाढा रहने।

३. नाक, मुख र आँखालाई पटक–पटक छुने नछुने

अक्सर हामी आफ्नो नाक, मुख र आँखालाई हातले छोइरहेका हुन्छौं। यस्तो गर्दा हातमा लागेको भाइरस सहज रुपमा शरिरमा सर्न सक्छ। दूषित हातले छुँदा भाइरस नाक, मुख या आँखा माध्यमबाट मानिसको शरिरमा प्रवेश गर्दछ।

४. हाँछ्यु गर्दा रुमालको प्रयोग गर्ने

श्वासप्रश्वासको माध्यमबाट धेरै रोगहरु एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछन्। कोरोना पनि श्वासप्रश्वासको माध्यमबाट सबैभन्दा छिटो सर्ने भाइरस हो। त्यसकारण खोक्ने तथा हाँछ्यु गर्ने समयमा नाक तथा मुखलाई रुमालले छोप्ने गर्नुपर्दछ। हाँछ्यु गर्दा निक्लने तरल पदार्थमा धेरै भाइरस हुन्छन्। जुन निकै छिटो फैलन सक्छ।

५. रुघा–खोकी तथा ज्वरोलाई सामान्य नलिने

यदि तपाईंमा रुघाखोकी तथा ज्वरो देखिएको छ भने त्यस्तो समस्यालाई सामान्य रुपमा नलिनुस्। त्यस्तो छ भने तुरुन्त चिकित्सकलाई देखाउने।

यदि तपाईंलाई कोरोनाले संक्रमण गरेको छ भने सुरुको अवस्थामै उपचार सहज रुपमा हुन्छ। साथै तपाईं रोगमुक्त पनि हुनसक्छ।

६. मोबाइललाई सफा गर्ने

हाम्रो हातमा २४ घण्टा रहने मोबाइलको स्क्रीनमा निकै भाइरसहरु जम्मा भएका हुन्छन्। स्क्रीनमाथि मेथिसिलिन रसिस्टेंट स्टेफार्लोकोक्स औरीयास (एमआरएसए) नामका जीवाणु जम्मा भएका हुन्छन्।

तपाईंले प्रयोग गर्ने स्मार्टफोनलाई सकिन्छ भने हप्तामा एकपटक डिसइफेन्टिग वाइप्सबाट सफा गर्नुहोस्। यस्तो वाइप्सले सफा गर्दा फोनको माथि पट्टी जम्मा हुने किटाणु मर्न सक्छन्।

७. वाथरुमलाई राम्रोसँग सफा गर्ने

वाथरुममा प्रयोग गर्ने टाबेल एकजनाले मात्रै प्रयाेग गर्ने। साथै टाबेल प्रयोगपश्चात अनिवार्य घाममा सुकाउने।

वाथरुमलाई डिटोल पानीले सफा गर्ने गर्ने। वाथरुम प्रयोग गरिसकेपछि पनि आफ्नो हात खुट्टा डिटोल पानीले सफा गर्ने।

८. हवाई यात्रामा अति सजग रहने

विमानका सहयोगीबाट खाना तथा सामान लिनुपूर्व आफ्नो हातलाई राम्रोसँग सफा गर्ने। उनीहरुमा कोरोनाको जोखिम बढि हुने गर्दछ।

९. अस्पतालमा खाना खाँदा दही अनिवार्य खाने

यदि तपाईं अस्पतालमै खाना खानु पर्ने स्थितिमा हुनुहुन्छ भने खानामा अनिवार्य दहिको प्रयोग गर्नुहोस्। दहीमा एसीडोफिलस नामको बैक्टीरिया हुन्छ जसले धेरै खालका भाइरसलाई नष्ट पनि गर्छ।

१० माक्सको प्रयोग गर्न‍े

तपाईं स्वस्थ भएपनि या तपाईंमा समस्या देखिएपनि घर बाहिर निस्कदाँ माक्सको प्रयोग अनिवार्य गर्नुहोस्। तपाईंमा भएको रोग अरुलाई नसार्न र अरुको रोग तपाईंमा नसार्न माक्सको प्रयोग अति महत्वपूर्ण हुन्छ। नाक मुखको माध्यमबाट सिधा आउने किटाणुलाई माक्सले रोक्छ।

प्रकाशित मिति: : 2020-03-06 01:47:03

प्रतिकृया दिनुहोस्