ओम आचार्य
पहिला-पहिला मलाई भिड मन पर्थ्याे
भिडमा रमाउँथे,
भिडमा सुरक्षित महशुस हुन्थ्यो
बस्ती मन पर्थ्यो
र बस्तीका मानिस मन पर्थ्याे,
ति मानिसहरुमा
घुलमिल हुन आनन्द लाग्दथ्यो
जुलुस र नारा मन पर्थ्यो
शून्य त मृत्यु लाग्दथ्यो
अहिले मलाई
त्यही शून्य मनपर्छ
एकान्त र
शून्य नै जीवन लाग्न थालेको छ।
भिडदेखि टाढा हुन मन लागेकाे छ,
भिडदेखि डर लाग्न थालेको छ,
जुलुस नारासँग उच्चाटन् हुन थालेको छ
बस्ती-बस्तीका मानिस पनि
मान्छेदेखि मान्छे टाढा हुँदै
अहिले घरभित्रै आनन्द र सुरक्षित
महशुस हुन थालेको छ,
अहिले मान्छेदेखि मान्छे
टाढा हुन थालेको छ।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया