यो सिजनकाे ईपीएल स्थगित

बिएल संवाददाता

काठमाडाै‌ं

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट स्थगित भएको छ।

चैत १ बाट सुरु हुने यो सिजन विश्वभर कोरोनाको संक्रमण फैलिएपछि आयोजक ईपीएल प्रालीले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो।

ईपीएल प्रालिका प्रमुख अमिर अख्तरले भने, ‘६र७ महिनादेखि ईपीएलको तयारी गरेका थियौं। खेलाडी र फ्यानहरुको सुरक्षाका कारण प्रतियोगिता तोकिएको समयमा गर्न नसकिने भयो।’ उनले अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको बताए। 

कोभिड–१९ को संक्रमणको अवस्था हेरेर प्रतियोगिताको नयाँ तालिकाबारे जानकारी दिइने प्रबन्ध निर्देशक अख्तरले बताए ।

यो सिजनको इपिएलमा क्रिस गेल, ड्वायन स्मिथ, उपुल थारङ्गा, कोरी एन्डर्सन जस्ता स्टार खेलाडी आउने हुँदा विशेष चासोका साथ हेरिएको थियो।

प्रकाशित मिति: : 2020-03-06 04:24:51

प्रतिकृया दिनुहोस्