राष्ट्रिय वाणिज्य बैंक उज्यालो बनाउने 'किरण'

चार वर्षअघि राष्ट्रिय वाणिज्य बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णप्रसाद शर्माको कार्यकाल सकिएपछि नयाँ सिइओको खोजी भयो। खुला प्रतिस्पर्धामा अब्बल देखिए किरणकुमार श्रेष्ठ। 

नेपाल बैंकमा २७ वर्ष बिताएका उनी ५७ वर्षको उमेरमा वाणिज्य बैंकको नेतृत्व गर्न पुगेका थिए। पूर्ण सरकारी स्वामित्वको बैंकका केही सूचक ऋणात्मक थिए, बैंकको गति सुस्त र परम्परागत थियो। 

सिइओले देखाएको 'पर्फर्मेन्स' मापन गर्ने एउटा आधार भनेको बैंकको नाफा हो। चार वर्षअघि र अहिलेको अवस्था सम्झँदै श्रेष्ठ भन्छन्, 'यो अवधिमा वाणिज्य बैंकलाई पहिलो नम्बरमा ल्याउन सफल भएका छौँ। म आउँदा बैंकको नाफा २ अर्ब ३० करोड रुपैयाँ थियो, गत वर्ष असार मसान्तमा ५ अर्ब ४ करोड रुपैयाँ नाफा गर्न सफल भएका छौँ।'

प्रकाशित मिति: : 2020-03-06 21:50:53

प्रतिकृया दिनुहोस्