कोरोना भाइरस रोक्न अमेरिकी सरकार संसदबाट ८.३ बिलियन डलरको इमर्जेन्सी बिललाई मन्जुरी, सेना उतार्न संवाद जारी

कोरोना भाइरसका कारण अमेरिकामा १४ जनाले ज्यान गुमाएपछि सरकारले ८ दशमलव ३ बिलियन डलरको ‘इमर्जेन्सी’ बिल पास गरेको छ। कोरोना भाइरस अमेरिकाको १९ राज्यमा फैलिसकेको छ भने २ सय २८ संक्रमणमा परेका छन्। 

अमेरिकाको सांसदले बुधबार ४१५–२ मतले ‘इमर्जेन्सी’ बिल पास गरेको हो। अब यो बिल राष्ट्रपति डोनाल्ड ट्रम्प कहाँ हस्ताक्षरका लागि पठाउने तयारी भइरहेको छ।  

अमेरिकी सरकारले कोरोना भाइरसबाट सचेत रहन सेनाको सहयोग लिने विषयमा पनि पुर्नविचार गरिरहेको छ। 

वैज्ञानिकहरूले गर्मीभन्दा जाडोमा कोरोना भाइरसको संक्रमण अत्याधिक बढ्ने कारण अतिरिक्त सचेतना अपनाउन सेनालाई उतार्ने तयारी गरेको हो। अमेरिकामा जाडोको मौसम शुरु हुन लागेको छ। यसैले पेन्टागनमा वैज्ञानिक र सेनाबीच बैठक बसेको बताइएको छ। दक्षिणी क्यारोलिनाको सैनिक क्याम्पमा कोरोना भाइरसको संक्रमण रोक्न तैयारी पनि शुरु गरिएको छ। 

चीन, दक्षिण कोरिया, इरान, हङकङ जस्ता देशले कोरोना भाइरसबाट लड्न सेनालाई पहिले नै उतारिसकेको छ। चीनले पिपुल्स लिबरेशन आर्मीको करिब १० हजार सेनालाई उपचारका लागि उतारेको थियो। उनीहरूले चिकित्सा, सेनिटाइजेशन, ट्राफिक कन्ट्रोल र उपचारमा सहयोग गरिरहेका छन्। बेलायत र इटालीले पनि आफ्नो आर्मीलाई तयारी अवस्थामा राखेको छ। 
 

प्रकाशित मिति: : 2020-03-07 07:08:13

प्रतिकृया दिनुहोस्