एक्सन स्टार टाइगर श्राफ र श्रद्धा कपूरको मुख्य अभिनय रहेको बलिउड चलचित्र ‘बाघी–३’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ।
अहमद खानको निर्देशनमा बनेको ‘बाघी–३’ भारतमा ४ हजार ४ सय र ओभरसिजमा १ हजार १ सय गरी विश्वभर ५ हजार ५ सय स्क्रिनमा एक साथ रिलिज भएको छ।
चलचित्रमा टाइगरको उत्कृष्ट एक्सन अवतार रहेको छ। चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्नसक्ने बिश्लेषकहरुले बताएका छन्।
चलचित्रमा रितेश देशमुख र टाइगरलाई दाजुभाइको रुपमा प्रस्तुत गरिएको छ। कथा त्यसैको वरिपरी रहेको छ।
चलचित्रमा टाइगर र श्रद्धाका साथै रितेश देशमुख, अंकिता लोखण्डे, दानिश भट, विजय वर्मा लगायतको अभिनय रहेको छ।
चलिचित्रको निर्माण साजिद नाडियाडवालाले गरेका हुन्।