स्पेनिस लालिगामा साविक विजेता बार्सिलोना पुन: अंकतालिकाको शीर्षस्थानमा फर्केको छ। भर्खरै रियल सोसिडाडलाई १-० को साँघुरो अन्तरले पराजित गर्दै बार्साले यो पुनरागमन गरेको हो ।
८१औं मिनेटमा बार्साले पाएको पेनल्टीको अवसर सदुपयोग गर्दै कप्तान लियोनल मेस्सीले खेलको निर्णायक गोल गरे। गोलको खडेरी लाग्को खेलमा यो नै एक मात्र गोल थियो ।
बार्सा पुन: अंकतालिकाको शीर्षस्थानमा फर्केको छ। आफ्नो २७औं म्याचमा रियल सोसिडाडलाई १-० को साँघुरो अन्तरले पराजित गर्दै यो पुनरागमन गरेको हो । खेलको एक मात्र गोल ८१औं मिनेटमा मेस्सीले पेनाल्टीबाट गरेका थिए।
साविक विजेता बार्सालाई उपाधि होडमा रहन यो खेल जित्नैपर्ने बाध्यता थियो । किनकि उसको जतिकै खेल खेलेर त्यो खेल जित्दा समग्रमा रियल बार्साभन्दा१ अंकको फाइदामा छ। यो सम्भावना अझै सकिएको छैन।
यो जितले बार्सा च्याम्पियन दौडमा कायमै राखेको छ। उसले २७ खेलबाट ५८ अंक जोडेको छ भने ऊभन्दा एक खेल कम खेलेको रियल मड्रिड ५६ अंकका साथ बार्सालाई पछ्याइरहेको छ।