प्रकाश र रिमा : दलितका नाममा नयाँ ‘तरमारा’
हिमाल खबर
बेलायती जर्ज हन्ट र सर एडमण्ड हिलरी पनि मेरा साथी नै थिए। उनीहरूले भने- “हामीले तिब्बती मोहडाबाट पनि पटक–पटक कोसिस गर्यौं, अहिलेसम्म सकेनौं, अब एकपटक हाम्रा लागि छोडिदिनोस्।” त्यो आग्रहपछि ‘त्यसो भए यो पटक तपाईंहरूलाई मौका भयो, तपाईंहरूले नसके अर्कोपटक हामी चढ्छौँ’ भन्दै हामी अन्नपूर्णतिर लाग्यौं।
मैले हिमाल चढेको बेला पश्चिमी मुलुकतिरबाट नेपाल जाने प्रचलन व्यापक थिएन। नेपालीले पश्चिमी मुलुकका गोरा मानिस निकै कम देखेका हुन्थे वा देखेकै हुन्थेनन्। गाउँलेहरू हामीलाई हेर्न आउँथे। यी कसरी सेता भए भनेर नजिकै आएर नियाल्थे र हाम्रो शरीर छाम्थे। हामी कस्ता मानिस हौं भन्ने उनीहरूमा कौतुहलता देखिन्थ्यो।
हामी जहाँ पुगे पनि ‘लौ गोरो छाला भएका मानिसहरू आएका छन् रे, हेर्न जानुपर्छ’ भन्दै गाउँमा हल्लीखल्ली हुन्थ्यो। कोही चाहिँ अलि परैबाट लुकेर हेर्थे। जुन गाउँमा पुग्दा पनि गाउँलेहरू स्वागत गर्न आउँथे र दुवै हात जोडेर नमस्कार टक्र्याउँथे। बच्चाहरू चाहिँ हामीलाई देखेपछि दगुर्दै भाग्थे।
मैले देखेको नेपाल र अहिलेको नेपाल त के तुलना गर्न र! केही पनि मिल्दैन। त्यतिबेला र यतिबेलाको नेपाल तुलना गर्दा ‘उही देश हो र?’ जस्तो हुन्छ। त्यतिबेला नेपाल पश्चिमी मलकका लागि पूरै अज्ञात थियो। एशियाली मुलुकका केही नक्साहरू त पाइन्थे। तिनमा नेपाल भन्ने नाम मात्रै उल्लेख हुन्थ्यो। नेपालभित्र के के छ, कुन ठाउँ कता पर्छ र के हो भन्ने चाहिँ पूरै खाली हुन्थ्यो। हामीले पहिलो पल्ट नेपालको यात्रा गर्दा ठूला सडक थिएनन्। बस्ती पनि स–साना थिए। साना गोरेटा र झोलुङ्गे पूलहरू देखिन्थे। राजधानी काठमाडौं मै पनि गाडी थिएनन्।
प्रकाश र रिमा : दलितका नाममा नयाँ ‘तरमारा’
अमेरिकाको पहिलो निशानामा १,३५६ नेपाली
दिनेशको मृत्यु : पत्रकारको कि बालेनको चुनाव क्याम्पेनरको ?
किन लुकाए मानार्थ डाक्टर के पी ओलीले शैक्षिक योग्यता ?
समथर मधेसबाट सिंहदरवारको अग्लो उडानमा गगन
अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया