बैंकहरूले भन्न थाले- ढुक्क हुनुहोस्, घरकर्जाको ब्याज बढ्दैन

नेपालन्यूज

काठमाडौं

ऋण लिएको ६ महिना नपुग्दै ब्याज बढाउने गरेका बैंकहरूले अहिले ‘ढुक्क हुनुहोस्, तपाईंको घरकर्जाको ब्याज बढाउँदैनौँ’ भन्न थालेका छन्। सबैभन्दा सुरक्षित ऋण भएकाले बैंकहरूले अन्य क्षेत्रमा भन्दा कम ब्याजदरमा घर निर्माणका लागि ऋण दिन थालेका हुन्।

बैंकहरूले घर निर्माणका लागि न्यूनतम ब्याजदरमा ऋण दिइरहेका छन्। निजी आवासका लागि उनीहरूले ११ प्रतिशत ब्याजदरमै ऋण दिइरहेका छन्।

एनएमबी बैंकले ५ वर्षसम्म ब्याजदर नबढाउने सर्तमा ११ प्रतिशत ब्याजदरमा आवास कर्जा दिइरहेको छ। कर्जाअवधि अधिकतम २५ वर्ष रहेको उक्त बैंकले ल्याएको नयाँ योजनामा ५ वर्षसम्म स्थिर ब्याजदर हुने बताएको छ।

ब्याजदरमा आउने उतारचढावले आममानिसमा मानसिक र वित्तीय दबाब हुने भएकाले स्थिर ब्याजदरको योजना ल्याइएको एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए।

प्रकाशित मिति: : 2020-03-11 11:06:47

प्रतिकृया दिनुहोस्