होली उत्सवपछि डुबेर १५ जनाको मृत्यु

भारतको ओडिशामा मंगलबार होली उत्सवपछि स्नान गर्ने क्रममा अलग–अलग घटनामा १५ जनाको डुबेर मृत्यु भएको छ।

मंगलबार होली मनाएर नुहाउने क्रममा विभिन्न ठाउँमा भएका घटनामा १५ जनाको ज्यान गएको सुरक्षा अधिकारीले बताएको बीबीसीले जनाएको छ। विभिन्न नदी तथा पोखरीमा नुहाउने क्रममा डुबेका १५ जनाको शव भेटिएको कटकमा रहेका राज्य अग्निशमन विभागका डिप्टी फायर अधिकारी सत्यपीर बेहराले  पुष्टि गरे।

अघिल्ला वर्षहरुमा पनि होली खेलेर नुहाउने क्रममा मानिसको ज्यान जाने गरेकोले यस वर्ष स्थानीय प्रशासनले नदीमा नुहाउन रोक लगाएको थियो। प्रशासनको निगरानीकै बीच नुहाउन गएकाहरुको ज्यान गएको हो।

अहिलेसम्म प्राप्त सूचना अनुसार भुवनेश्वरस्थित रंग बजार केनालमा एक, नियाली गाउँमा एक, परलाखेमुण्डीको महेन्द्रतनया नदीमा एक, रेढ़ाखोलको सुन्धीमुँडा केनालमा एक व्यक्तिको मृत्यु डुबेर भएको छ।

यस्तै नीलगिरिको सीएडीमलमा एक, सालेपुरको चित्रोत्पला नदीमा एक तथा बारीपदाको जम्भीरामा एक व्यक्तिको डुबेर मृत्यु भएको छ।
यसका साथै नबरंगपुरको इन्द्रावती नदीमा एक व्यक्तिको शव भेटिएको छ। जसको पहिचान भएको छैन।

कटकका जिल्ला कलेक्टर भवानी शंकर चयनीले यसलाई दुर्भाग्यपूर्ण बताएका छन्। होली मनाउने क्रममा जाँडरक्सी खाएकाहरु नुहाउने क्रममा दुर्घटना हुने भन्दै नुहाउन नदीमा नजान प्रशासनले आग्रह गरेको उनले बताए।   

उनले भने, ‘ जिला प्रशासनको तर्फबाट पूरा कोशिश हुन्छ कि होलीमा मानिसहरुलाई नदीमा जानबाट रोकौँ। अलग–अलग ढंगबाट मानिसहरुका लागि चेतावनी पनि जारी हुन्छ। तर फेरि पनि दुखद घटनाहरु भएका छन्। यस्ता घटना रोक्नका लागि जिला प्रशासनका साथसाथै मानिसहरुले पनि अधिक सचेत हुनुपर्छ।’

उनले कटकमा ज्यान गुमाएका तीन जनाको परिवारलाई चार लाख भारु सरकारको तर्फबाट दिइने बताए। 

प्रकाशित मिति: : 2020-03-11 22:03:11

प्रतिकृया दिनुहोस्