विप्लव प्रतिबन्धको एक वर्ष : पार्टी छ, संगठन छैन

वीरेन्द्र ओली

काठमाडौं- सरकारले मन्त्रिपरिषद्‍बाटै निर्णय गरी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि २८ फागुन ०७५ मा प्रतिबन्ध लगाएपछि पार्टी संगठन अस्तव्यस्त भएको छ। एक हजार भन्दा बढी नेता/कार्यकर्ता पक्राउ परेका छन् भने ९ जना नेता/कार्यकर्ताको मृत्यु भइसकेको छ। पार्टी हेडक्वार्टर सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहित ११ जना केन्द्रीय सदस्य जेलमै छन्। 

विप्लव नेतृत्वका नेता/कार्यकर्तालाई प्रहरीले पक्राउसँगै धरपकड र हत्यासमेत गर्न थालेपछि ९ सय ७३ जना नेता/कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरी सकेका छन्। सरकारले प्रतिबन्धित नेकपालाई शान्तिपूर्ण रूपमा  आफ्ना कार्यक्रम गर्न नदिएपछि संगठन लथालिंग छ। तर, विप्लव नेतृत्वको नेकपाले भूमिगत रूपमै आफ्ना कार्यक्रम छिटफुट रुपमा सञ्चालन गरिरहेको छ। सतहमा पार्टी देखिएपनि संगठन भने कमजोर छ। 

प्रकाशित मिति: : 2020-03-11 23:03:33

प्रतिकृया दिनुहोस्