युरोपका नेपाली सुरक्षित

इटालीका १५ सय नेपाली नियमित सम्पर्कमा

इटालीको मिलान सहर बुधबार सुनसान अवस्थामा । कोरोना भाइरसको तीव्र संक्रमणबाट जोगाउन इटालीको सरकारले सर्वसाधारणलाई घरबाट निस्कन कडाइ गरेको छ । यो विपतले पुर्‍याउन ठूलो आर्थिक क्षतिबाट राहत दिन सहायता कार्यक्रमसमेत ल्याएको छ । तस्बिर : एपी/रासस

युरोपका विभिन्न मुलुकमा रहेका नेपाली कोरोना भाइरस संक्रमणबाट सुरक्षित छन्। संक्रमण भइहाले कसरी बच्ने भन्ने चिन्ता रहेको उनीहरूले बताएका छन्।

इटालीमा करिब १५ सय नेपाली रहेको अनुमान छ। एनआरएनए इटालीका उपाध्यक्ष छविलाल कँडेलका अनुसार धेरै नेपाली रहेको रोमनजिकका क्षेत्रमा कोरोना प्रभाव न्यून छ। उनले सबैभन्दा बढी प्रभावित लोमबार्दिया क्षेत्रका नेपाली पनि सुरक्षित रहेको बताए।

इटालीमा बुधबार अपराह्नसम्म करिब साढे ६ सय जनाको मृत्यु भएको छ भने १० हजारभन्दा बढीमा संक्रमण भेटिएको छ। चीनपछि सबैभन्दा बढी कोरोना भाइरस प्रभावित मुलुक इटाली हो।

प्रधानमन्त्री जुसेपे कोन्टेले सबै नागरिकलाई आफ्नै घरमा बस्न र यात्रा नगर्न आग्रह गरेपछि ६ करोड जनसंख्या रहेको इटाली पूरै ‘लक–डाउन’ छ। देशभरका सबै शिक्षण संस्था आगामी महिनासम्मका लागि बन्द गरिएका छन्।

प्रकाशित मिति: : 2020-03-12 21:37:49

प्रतिकृया दिनुहोस्