सभामुख सापकोटा संलग्न रहेको भनिएको हत्या प्रकरण: ‘जिउँदै गाडिएका’ लामाको मृत्युको प्रमाण छैन

जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालगायतले हत्या गरेका भनिएका अर्जुनबहादुर लामाको मृत्यु भए/नभएको अझै यकिन गर्न नसकिएको सर्वोच्च अदालतलाई बताएको छ।

सो कार्यालयका प्रमुख रविकुमार पौडेलले केही दिनअघि सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै अनुसन्धान गर्दै जाँदा लामाको मृत्यु भए/नभएको अझै यकिन गर्न नसकिएको उल्लेख गर्नुभएको हो।

लामाकी श्रीमती पूर्णिमायाँले आफ्ना पतिलाई सापकोटालगायतले हत्या गरेको भनी २०६५ साल साउन २७ गते किटानी जाहेरी दिनुभएको थियो।
सो जाहेरीमा दिइएको तथ्यअनुसार हालसम्म उचितरूपमा अनुसन्धान नभएको भनी आलोचना भइरहेको छ।

प्रकाशित मिति: : 2020-03-12 21:52:51

प्रतिकृया दिनुहोस्