कोरोनाबाट बच्न भारतले राेक्याे १५ अप्रिलसम्म सबै भिसा

भारत सरकारले कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमण रोक्न १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय गरेको छ। स्वास्थ्यमन्त्री डा हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोरोनाको संक्रमण फैलिनबाट रोक्न भिसा निलम्बन गर्ने निर्णय गरेको हो। 

राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट भिसा बाहेक अन्य भिसा १५ अप्रिलसम्म निलम्बन गर्ने निर्णय गरेको हो।

ओसीआई कार्ड भएका (प्रवासी भारतीय नागरिक)लाई दिइने भिसा मुक्त यात्राको सुविधा पनि १५ अप्रिलसम्म रोकिएको छ। यो १३ मार्च अर्थात शुक्रबार मध्यरातबाट लागू हुनेछ।

१५ फेब्रुअरीपछि चीन, इटली, इरान, कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट भारत आउने सबै यात्रुलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ। यसमा भारतीय नागरिक पनि पर्नेछन्।

विश्वका १०० भन्दा धेरै मुलुकमा यो भाइरस फैलिएको कारण यो भाइरसबाट बच्न भारतलाई आइसोलेशनमा राख्नु जरुरी देखिएको बताइएको छ।

यो निर्णयसँगै भारतमा फेब्रुअरी १५ पछि आउने सबै मानिसहरुलाई पनि १४ दिन क्वारेन्टाइनमा राखिने उल्लेख गरिएको छ। भारतमा भाइरसको नयाँ संक्रमितको संख्या बढेसँगै त्यसलाई नियन्त्रणमा राख्न भारतले आफ्ना प्रयास शुरु गरेको हो। यसअघि नै भारतलाई यो भाइरसको जोखिममा रहेको मुलुक बताइएको थियो।

बुधबारसम्मा भारतमा ८३ जना मानिसलाई भारतमा क्वारेन्टाइनमा राखिएको छ। जसमा एक बच्चा, नौजना भारतीय मूलका विदेशीसहितका मानिस छन्। उनीहरुलाई १४ दिनसम्म डक्टरको प्रत्यक्ष निगरानीमा राखिने बताइएको छ। यो अवधिमा भाइरसको कुनै लक्षण नदेखिएमा मानिसहरुलाई घर फिर्ता पठाइनेछ।
 

प्रकाशित मिति: : 2020-03-13 01:21:54

प्रतिकृया दिनुहोस्