नेपालमा आइएनजिओको लगानी दुई गुणा बढ्यो, १११ आइएनजिओको वार्षिक बजेट साढे २४ अर्ब

नेपालन्यूज

काठमाडौं

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ)ले नेपालमा एक वर्षमा २१ करोड ५२ लाख ५० हजार ४ सय २४ अमेरिकी डलर (करिब २४ अर्ब ३२ करोड रुपैयाँ) खर्च गरेको पाइएको छ। उनीहरूले आर्थिक वर्ष २०७५-७६ मा नेपालका ७७ जिल्लामा सञ्चालित विभिन्न ४ सय २ विकास आयोजनामा उक्त खर्च गरेका हुन्। एक वर्षको अन्तरालमा नेपालमा आइएनजिओको खर्च करिब १२ अर्ब रुपैयाँले वृद्धि भएको छ। आर्थिक वर्ष २०७४÷७५ मा नेपालका विभिन्न आयोजनामा आइएनजिओहरूले ११ करोड ३ लाख अमेरिकी डलर (करिब साढे १२ अर्ब रुपैयाँ) खर्च गरेका थिए। यो रकम आर्थिक वर्ष २०७५-७६ मा बढेर करिब २४ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ।

‘हामीले आइएनजिओको लगानीलाई पारदर्शी बनाउन प्रणालीको विकास गरेका छौं, जसले आइएनजिओलाई ट्र्याक गर्न सजिलो भएको छ,’ अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वयन महाशाखाका उपसचिव नारायण ढकालले नेपालन्युजसँग भने, ‘यसकारण पनि अघिल्लो वर्षको तुलनामा आइएनजिओको लगानी निकै बढेको देखिएको हुनसक्छ।’

प्रकाशित मिति: : 2020-03-13 04:00:29

प्रतिकृया दिनुहोस्