समय हैन, मृत्यु सुनाउँछ गिर्जाघरको घण्टी

लक्ष्मण देवकोटा

जेनेभा, स्विटजरल्याण्ड

युरोपको बुहान भनिएको इटालीको लोम्बार्डी क्षेत्र कट्टर इसाई क्याथोलिक बहुल क्षेत्र हो। सम्पन्नहरुको बसोबास रहेको लोम्बार्डी, मिलान आसपासका पुरातात्विक गिर्जाघरहरुले वर्षौैदेखि हरेक घण्टा ज्यूँदो र जागा रहन घण्ट बजाउने गर्थे, तर अब यी गिर्जाघरहरुले लासको व्यवस्थापनको निम्ति तयार हुन घण्ट बजाउने गर्छन् । कोरोनाको संक्रमणले मार्च १२ को मध्यरातसम्म एकहजार जनाको जीवन सिध्याइदिएको छ। मानिसहरु घरभित्र भयग्रस्त रुपमा कैदछन् ।

अस्पतालमा बाँच्न सक्ने सम्भावना भएकालाई पहिलो प्राथमिकता दिन डाक्टर र नर्सहरुको दौडादौड चलिरहेको छ। जे पनि खाने चिनियाँहरुलाई चमेराबाट सरेको चीनको दूर शहरको भनिएको कोरोनाले युरोपलाई दिन दुगुना रात चौगुनाको दरमा गाँज्दै लगेको छ ।

विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेपछि सबैतिर राज्यस्तरमा कोरोनालाई अझै फैलिन नदिन र संक्रमितहरुको ज्यान बचाउन सकेसम्म प्रयास युद्धस्तरमा चलिरहेका छन् । यो पंक्ति लेख्दासम्म ११८ देशका एक लाख ४० हजारमा कोरोना संक्रमण देखिएपछि र ५ हजारले ज्यान गुमाइसकेपछि अब यो कुनै देशको मात्रै रोग भएन । न चिनियाँको न इटालियनको। यो रोग अब यो विश्वको कुनै पनि कुनामा बस्ने मानिसको साझा समस्या भएको छ। र, विडम्वना त के भने यसको औषधी छैन। रोकथामका प्रयासहरु मात्र बाँचेका छन्। र, फैलिन नदिन सजगता र लागिसकेपछि असाध्यै होशियारीबाट यसको नियन्त्रणसम्म मानिसको हातमा छ।

उनले पोहोर सालै संसारका सबै राष्ट्रका प्रमुख, सामाजिक अभियन्ता, व्यापारी, लेखक सबैसँग सोधेका थिए, के हामी दुनियाँमा कुनै ठूलो महामारी आयो भने त्यसको सामना गर्न सक्षम छौँ ? उनले कुटनैतिक शैलीमा भनेका थिए, कतै मुसलधारे झरी आएपछि घरको गारो लगाउन थालेझैँ नहोस्।

विश्व स्वास्थ्य संगठनका मुख्य निर्देशक डाक्टर टेड्रोस बडो भलाद्मी मानिस हुन्। नेपाल जस्तै तन्नम तर संघियताबाट उठेको इथियोपियामा स्वास्थ्यमन्त्री समेत भैसकेका उनी खुला मन भएका मानिस हुन्। आँखै अगाडि जातीय काटाकाट देखेका उनी बडो तौलेर मात्र अभिव्यक्ति दिन्छन्। उनले पोहोर सालै संसारका सबै राष्ट्रका प्रमुख, सामाजिक अभियन्ता, व्यापारी, लेखक सबैसँग सोधेका थिए, के हामी दुनियाँमा कुनै ठूलो महामारी आयो भने त्यसको सामना गर्न सक्षम छौँ ? उनले कुटनैतिक शैलीमा भनेका थिए, कतै मुसलधारे झरी आएपछि घरको गारो लगाउन थालेझैँ नहोस्।

नभन्दै अहिले संसारभरका देशहरुको तालमाल हेर्दा झरी लागेपछि गारो शुरु गरेजस्तो देखिन गएको छ। साम्यवादी मुलुक चीनले आफ्नो सबै श्रोत,साधन लगाएर रोगसँग भिड्यो। भिडिरहेकोछ। हुनत राष्ट्रपति सिजिन पिँगले रोग नियन्त्रण भएको भनेपनि चीनको वास्तविक स्थिति बाहिर आएकै छैन, चीनले सूचना लुकाएको छ भनी स्वयम् चिनियाँहरुले भनिरहेका छन्। देशलाई अझ रसातलमा जान नदिन साम्यवादी नेतृत्वले लिएको राजनैतिक कदम पनि नहोला भन्न सकिन्न। यदि लोकतान्त्रिक भएको भए शुरुमा कोरोनाको जनाउ दिने डाक्टर लिलाई राज्यले हप्कीदप्की गर्ने थिएन। उनको हुर्मत नलिएको भए छिटो केही हुन्थ्यो कि ?

कोरोनाको महामारी फैलिदै गएपछि चीन सरकारले चालेको कदमप्रति विश्व व्यापार संगठन असाध्यै खुशी देखिएको छ। संगठनले त वुहानमा देखिने बित्तिकै अन्य देशहरुमा फैलिन नदिन असाध्यै सतर्कता र तयारी गर्न भनेको थियो। धेरै देशहरुले उतिसारो गम्भीरतापूर्वक लिएनन् ।अहिले त्यसैको नतिजा देखिदै आएको छ।

इटालीको मिलान र लोम्बार्डीका रित्ता सडकहरु, भयग्रस्त जीवन बाँचिरहेका घर भित्रै थुनिएका मानिसहरुलाई राज्यले कतिसम्म गर्न सक्छ? के राज्यको तयारीले पुग्छ? के ट्रम्पले युरोपेली युनियनका जहाजहरु रोक्दैमा उनको देश अमेरिका सुरक्षित हुन्छ? निरन्तर अर्थव्यवस्था यही गतिमा ओरालो लाग्ने हो भने मानिसहरु भोकभोकै मर्ने स्थिति नआउला कसरी भन्न सकिन्छ ? यहीनेर डा. टेड्रोसको शंका सही सावित भएको छ ।

हतियारमा गर्ने कि जनस्वास्थ्यमा लगानी गर्ने ?

धेरै राज्यहरुले हतियारको कारोबारमा वर्षेनी अरबौँ रुपियाँ खर्च गर्छन्। सीमा सीमाना लडाइँ भैरहेका छन् । झगडाका बीच हतियारको व्यापार असाध्यै मौलाएको छ। तर, जनस्वास्थ्यमा राज्यले जहिल्यै खर्च गर्न कन्जुस्याइँ गर्छ। विश्व स्वास्थ्य संगठन स्वयम् यस्ता ठूला महाबिपत्तिको सामना गर्न देशको आर्थिक हैसियत अनुसार सहयोग माग्न मजबुर छ।

अमेरिकी राष्ट्रपति स्वयम् यस्ता संघ-संगठनमा खर्च गर्न कन्जुस्याइँ गर्ने मानिसको रुपमा चिनिएका छन्। चीनलाई होँच्याएर, युरोपेलीहरुलाई खसालेर, महामारी जस्तो विषयमा पनि राजनीति र व्यापार घुसाएर उनले गर्ने गरेका वक्तव्यबाजीले उनको कपट उदाँगो बनाइदिएको छ।

अमेरिकी राष्ट्रपति स्वयम् यस्ता संघ-संगठनमा खर्च गर्न कन्जुस्याइँ गर्ने मानिसको रुपमा चिनिएका छन्। चीनलाई होँच्याएर, युरोपेलीहरुलाई खसालेर, महामारी जस्तो विषयमा पनि राजनीति र व्यापार घुसाएर उनले गर्ने गरेका वक्तव्यबाजीले उनको कपट उदाँगो बनाइदिएको छ। युरोपका सम्पन्न देशहरुले पनि जनस्वास्थ्यमा लगानी गर्न खुट्टा कमाउँदा पुरै विश्वलाई नै महामारीको सामना गर्न हम्मेहम्मे परेको छ ।

नेपालमा सम्भावित महामारी

नेपाल जस्ता सामथ्र्यहीन देशलाई सँकेत गर्दै विश्व स्वास्थ्य संगठनले रोग नफैलिएको अवस्थालाई अवसरको रुपमा लिनुपर्ने बताएपनि हामीकहाँ तयारी पटक्कै छैन स्वास्थ्यमन्त्रीको अभिव्यक्तिबाटै सबै कुरा छर्लँगै भैसक्यो। एयरपोर्टमा विशेष निगरानी बिनै यात्रुहरुको निर्वाध प्रवेश, अस्पतालहरुको दुर्दशा, जाँच गर्ने साधनहरुको र महामारी फैलिएको खण्डमा चाहिने सामग्रीकै महाअनिकाल हुने प्रष्टैछ। धन्य हुन् पशुपतिनाथ जसले आजसम्म बँचाएकाछन् भन्नुपर्ने अवस्थामा छन् नेपाली जनता।

जनतामा सरकार भएको अनुभूति छैन। महामारी फैलिएकै खण्डमा राज्यले विशेष शक्ति लगाएर गोदाम जाँच गर्ने, जनतालाई चाहिने आवश्यक चिजको परिपूर्ति गर्ने कडा कदम चालेन भने सरकार नै किन चाहियो र?

बरु यो आपतका बेला रातारात धनी हुने अधर्मी ब्यापारीहरुले सामान लुकाएका छन्। मोल बढाएका छन्। यो सबै देख्दादेख्दै र जान्दाजान्दै पनि सरकार लाचार छ।जनतामा सरकार भएको अनुभूति छैन। महामारी फैलिएकै खण्डमा राज्यले विशेष शक्ति लगाएर गोदाम जाँच गर्ने, जनतालाई चाहिने आवश्यक चिजको परिपूर्ति गर्ने कडा कदम चालेन भने सरकार नै किन चाहियो र?

असक्षम राज्य संयन्त्रले बेलैमा केही चेत्दैन। तत्काल उडान बन्द गर्नुपर्नेमा उडिरहेकै छन्। नाकाहरु खुलै छन्। न कुनै तत्काल योजना छ न दीर्घकालीन। छन् त सबै कागजमा र भाषणमा मात्रै। त्यसैले दुनियाँको नजरमा बडो खतरनाक रेडजोनमा छ नेपाल। अहिलेसम्म देखिएको छैन, महामारी फैलियो भने ठूलै क्षति गरेर जान्छ। हरेक मानिसको बाँच्न पाउने अधिकारप्रति राज्य असंवेदनशील भएको प्रमाण हो यो। झक्झक्याउँ, केही होला कि ?

कम्तिमा चौबिसै घण्टा सूचना दिने संयन्त्र, तत्काल ज्वरो आउने, खोकी लाग्ने भैहाले अस्पतालसम्म पुग्ने सुविधा, महामारीप्रतिको सजगता र मास्क जस्ता चीजहरुको सहज पहुँच, लागिहालेको खण्डमा आइसोलेशनको व्यवस्था, अझ फैलिन नदिन राज्यको नियन्त्रण पहुँच भयो भने क्षति कम हुने थियो ।

जब पर्यो राति तब बूढी ताती झैँ भएपनि तात्छन् कि हाम्रा राज्यका मानिसहरु ?

प्रकाशित मिति: : 2020-03-13 21:47:10

प्रतिकृया दिनुहोस्