गच्छदार समूहका १२ जना केन्द्रमा पुग्दा देउवा झन् शक्तिशाली

नेपाल लाइभ

काठमाडौं

लिलु डुम्रे

फोरम लोकतान्त्रिकसँगको एकता प्रकृया समायोजनमा टु‌ंगिएसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्र थप बलियो भएका छन्। केन्द्रीय कार्यसमितिमा स्पष्ट बहुमत रहेका देउवालाई फोरम लोकतान्त्रिकसँगको एकताले थप बल प्राप्त भएको छ।

पार्टी एक भए पनि समायोजन सकिएकाे थिएन। गत साता फोरम लोकतान्त्रिकबाट ११ जनाको नाम आयो। योसँगै केन्द्रीय समितिमा गच्छदार समूहबाट उनीसहित १२ सदस्य थपिए। जसमा रामजनम चौधरी, मो. नसिर सिद्धिकी, भारतेन्दुकुमार मल्लिक, हेमराज तातेड, डा. गोपाल दहित, मंगलप्रसाद थारू, योगेन्द्र चौधरी, हरिप्रसाद न्यौपाने, सुमित्रा थरुनी, कल्पना चौधरी र पवनकुमार सारडा केन्द्रीय सदस्यमा मनोनित भएका छन्।

प्रकाशित मिति: : 2020-03-14 06:21:00

प्रतिकृया दिनुहोस्