जोधपुरमा एकै परिवारका ११ जनाको मृत्यु, मोदीद्वारा दुःख व्यक्त

भारतमा शनिबार बिहान भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ। राजस्थानको जोधपुरमा ट्रली र बोलेरो एकआपसमा ठोक्किँदा घटनास्थलमै ११ जनाको मृत्यु भएको हो।

मृत्यु हुने सबै एकै परिवारका सदस्य हुन्। दुर्घटनामा तीनजना घाइते भएका छन्। मृतकहरुमा ४ पुरुष ६ महिला र एक बच्चा छन्।  यो परिवार नवविवाहित जोडीसहित रामदेवरा दर्शनका लागि निस्केको थियो।

शनिबार बिहान ९ बजे दुर्घटना भएको भारतीय प्रहरीले जनाएको छ। ठक्कर दिएपछि बोलेरो ट्रलीको मुनी थिचिएको थियाे। प्रहरीले क्रेनको सहयोगमा ट्रलीलाई हटाएको छ।

घाइतेहरुको जोधपुरको अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन्।

प्रकाशित मिति: : 2020-03-15 02:13:24

प्रतिकृया दिनुहोस्