कांग्रेसका छ विधानसभा सदस्यको राजीनामा स्वीकृत, कमलनाथ नेतृत्वको सरकार सङ्कटमा

भारतको मध्यप्रदेश राज्यका सभामुख नर्मदाप्रसाद प्रजापतीले विधानसभाका छजना सांसदको राजीनामा स्वीकृत गरेका छन्। उनीहरु सबै भारतीय राष्ट्रिय कांग्रेसका हुन्। 

कांग्रेसका इमर्ती देवी, तुल्सी सिलावात, प्रधुमन सिंह टोमर, महेन्द्रसिंह सिसोदिया, गोविन्द सिंह राजपूत, र प्रभूराम चौधरीले पार्टी परित्याग गरेपछि कांग्रेसको अनुरोधमा उनीहरुको राजीनामा स्वीकृत भएको हो। 

उनीहरुलाई केही समय अगाडि राज्य सरकारको मन्त्रिपरिषद्बाट हटाइएको थियो। कांग्रेसका अन्य २२ जना विधायकले पनि पार्टीबाट राजीनामा दिइएको घोषणा गरेका छन्। 

ती सांसदहरुको घोषणासँगै मुख्यमन्त्री कमलनाथ नेतृत्वको प्रदेश सरकार सङ्कटमा परेको छ। 

प्रकाशित मिति: : 2020-03-16 05:47:54

प्रतिकृया दिनुहोस्