कोरोनाको जोखिमसँग जुध्ने साझा रणनीति बनाउन सार्क राष्ट्रबीचको भिडियाे संवाद (लाइभ)

कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमणसँग जुध्न दक्षिण एसियाली देशहरुले साझा रणनीति बनाउने विषयमा भिडियो संवाद सुरु भएको छ । दक्षिण एसियाली (सार्क)  क्षेत्र देशका सरकार प्रमुखहरुले भिडियो संवादमार्फत छलफल गर्न लागेका हुन् ।

सार्क देशका प्रमुखहरुको भिडियो सम्मेलनमा नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी छन्। सिंहदरबारको आफ्नै कार्यकक्षमा रहेको एक्सन रुमबाट प्रधानमन्त्री ओली भिडियो सम्वादमा सहभागी जनाएका हुन्।

सार्क क्षेत्रमा कोरोनाको प्रकोपबाट जुध्न सामूहिक प्रयत्न गर्नुपर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा सार्क क्षेत्रका सरकार प्रमुखहरुले समर्थन जनाएपछि भिडियो सम्मेलन भएको हो । 

भिडियो संवादमा विभिन्न देशले कोरोनाको संक्रमणसँग जुध्न अपनाइरहेका उपाय, त्यसको अनुभव र अब गर्न सकिने कामका बारेमा राय प्रस्तुत गर्ने तयारी छ । 

प्रकाशित मिति: : 2020-03-16 06:19:56

प्रतिकृया दिनुहोस्