संसद्को कार्यवाहक महासचिवमा योगी

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्को कार्यवाहक महासचिवको जिम्मा गोपालनाथ योगीलाई दिएका छन् । उनी प्रतिनिधिसभाका सचिव हुन् । 

महासचिव मनोहरप्रसाद भट्टराई आफ्नो कार्यकाल पूरा गरी आइतबार सेवानिवृत्त भएका हुन् । सभामुख सापकोटाले योगीलाई दिएको पत्रमा उल्लेख छ, ‘संघीय संसद्को महासचिव पद रिक्त आउने हुँदा अर्को व्यवस्था नभएसम्मका लागि संघीय संसद्को महासचिवले गर्ने भनी प्रतिनिधिसभा नियमावलि २०७५तथा राष्ट्रियसभा २०७५ र संघीय सचिवालयसम्बन्धी ऐन २०६४ तथा सो अन्तर्गत बनेका नियमावलि बमोजिम तोकिएका कार्यहरू गर्न प्रतिनिधिसभा नियमावलि २०७५ को नियम २ को खण्ड (ट) तथा राष्ट्रियसभा नियमावलि २०७५ को  नियम २ को खण्ड (ङ)बमोजिम राष्ट्रियसभाको अध्यक्षको परामर्शमा तपाईंलाई तोकेको छु ।’

पत्रमा सभामुख सापकोटाले योगीले महासचिवले पाउने सुविधा पाउने पनि उल्लेख गरेका छन् । नेपाल सरकारको मुख्यसचिव सरह हैसियतको महासचिवले संघीय संंसद्को प्रशासनिक नेतृत्व गर्ने छ । सभामुख र अध्यक्षलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउने छ 

प्रकाशित मिति: : 2020-03-16 07:57:05

प्रतिकृया दिनुहोस्