दिल्लीमा विवाह समारोह केही दिनका लागि स्थगित

दिल्ली सरकारले सामाजिक, धार्मिक र राजनीतिक भेलामा ५० भन्दा धेरै मानिसहरु भेला हुनमा प्रतिबन्ध लगाएको छ। 

तर यसबाट विवाह समारोहलाई अलग राखिएको छ। मुख्यमन्त्री अरविन्द केजरीवालले आग्रह गरेका छन् कि,‘सकिन्छ भने मानिसहरुले विवाह समारोहलाई समेत केही दिनका लागि स्थगित गरुन्।’

प्रशासनले समूहगत रुपमा घुमफिरको आयोजनामा रोक लगाउन पर्यटकीय कम्पनीहरुलाई अनुरोध गर्दै– संक्रामक बिमारी एक्ट १८९७लागूको निर्देशन दिएको छ। यसको असर नागरिकता संशोधन कानूनका विरुद्ध भइरहेको विरोध प्रदर्शनमा पनि पर्ने छ। दिल्लीको शाहीन बागमा अब प्रदर्शन गर्न पाइने छैन।

दिल्लीका मुख्यमन्त्रीले भनेका छन् कि यदि ५० भन्दा धेरै मानिस प्रदर्शनस्थलमा भेला भएमा उनीहरुविरुद्ध संक्रामक बिमारी एक्ट १८९७ का अनुसार इलाकाका डीएमले कारबाही गर्ने छन्।

अरविन्द केजरीवालले पत्रकार सम्मेलनमा भने, ‘हामीले स्कुल, कलेज,सिनेमा घर र स्विमिंग पुल पहिले नै बन्द गरिसकेका छौँ, आज जिम, नाइट क्लब र स्पा पनि बन्द गर्न आदेश दिएका छौँ।’

संक्रमणको फैलावट रोक्नका लागि यस्तो गर्नुपरेको केजरीवालले बताए। पछिल्लो समय कोरोना प्रभावितको संख्या बढेर ३३ पुगेको – महाराष्ट्र राज्यका स्वास्थ्य मन्त्री राजेश टोपे बताएका छन्। कोभिड–१९ प्रभावित आशंका गरिएका ८० जना बिरामीहरुको कस्तूरबा अस्पतालमा उपचार चलिरहेको छ।

प्रकाशित मिति: : 2020-03-17 06:11:28

प्रतिकृया दिनुहोस्