राप्रपाकाे सचिवालय प्रमुखमा भद्रा र प्रधान

बिएल संवाददाता

काठमाडाै‌ं

राप्रपाका अन्तरिम विधान अनुसार सचिवालय प्रमुख र कोषाध्यक्ष पदमा मनोनयन गरेका छन्।

राप्रपामा सचिवालय प्रमुखमा भास्कर भद्रा (ललितपुर) र ध्रुब बहादुर प्रधान (नवलपरासी) तथा कोषाध्यक्ष पदमा चन्द्रबहादुर गुरुङ (कैलाली) र गणेश चन्द (बैतडी) लाई मनोनयन गरिएको छ।

अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा, डा.प्रकाशचन्द्र लोहनीले सहमतिका आधारमा उनीहरुलाई नियुक्त गरिएको हो।

राप्रपा र राप्रपा संयुक्तबीच गत फागुन २४ गते एकताको आधारपत्रमा हस्ताक्षर गरि फागुन २८ गते एकताको घोषणा भएको थियो। राप्रपामा पार्टी एकता पछिको यो पहिलो मनोनयन हो। 

 

प्रकाशित मिति: : 2020-03-17 06:40:11

प्रतिकृया दिनुहोस्