अस्ट्रेलियामा भेटिएका विद्यार्थी नेता भन्छन्- देश फर्कन गाह्रो छ

दोस्रो जनआन्दोलन २०६२/०६३ ताका रत्न रज्यलक्ष्मी क्यापस (आरआर) मा एकजना विद्यार्थी नेताको खुब चर्चा हुन्थ्यो। चर्चाका पात्र तथा सबै विद्यार्थीका दाइ आरआरका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति बालगोपाल उपाध्याय थिए।

प्रतिगमनविरुद्धको आन्दोलनमा आरआर क्यापस अगाडि उनकै नेतृत्वमा थुप्रै टायर बले। उनीलगायत धेरै साथीको टाउकोमा प्रहरीले लाट्ठी बर्सायो। विद्यार्थीहरूकै बलजोडले गर्दा देशमा लोकतन्त्र त आयो। तर, लोकतन्त्र प्राप्तिपछि अधिकांश विद्यार्थी नेता तथा कार्यकर्ताहरू काठमाडौंको गल्लीमा भेटिन छाडे। काठमाडौंमा नभेटिने अनुहारहरू आजभोलि खाडी मुलुकहरू कोरिया, अमेरिका, क्यानाडा र अस्ट्रेलिया लगायतका मुलुकमा छन्। त्यही मध्येका चर्चित विद्यार्थी नेता तथा आरआर क्यापसका तत्कालीन स्ववियु सभापति बालगोपाल उपाध्याय दक्षिण अस्ट्रेलियाको (एडिलेड) मा छन्।

यदि उनी नेपालमै रहेर राजनीति गरिरहेका भए अहिले प्रदेशसभा, प्रतिनिधिसभा वा राष्ट्रिय सभागृह भवनमा विभिन्न राजनीतिक विषयमा गर्मागर्मी बहस गरिरहेका हुन्थे होलान्। उनीसँगैका साथी कोही सांसद छन्। उनी भन्दापछि आएका नेताहरू (जुनियर) पार्टीको विभिन्न जिम्मेवारीमा छन्। तै पनि उनलाई पछुतो छैन।

उनी आफूलाई कुनै पद वा प्रतिष्ठा प्राप्त नभएकोमा चिन्तित नभएपनि मुलुकको भविश्यका बारेमा भने चिन्तित छन्। मुलत नेताहरूले मुलुकको समृद्धिका लागि काम गर्न नसकेकोमा उनलाई चिन्ता छ। ‘यदि हामीले उठाएका एजेण्डामा नेताहरूले काम गरेको भए म जस्तै अरु साथीहरू आर्थिक उपार्जनका लागि विदेशिनुपर्ने थिएन’, उनी भन्छन् ‘अहिले देशको अवस्था देखेर दु:ख लाग्छ।’

प्रकाशित मिति: : 2020-03-17 21:47:14

प्रतिकृया दिनुहोस्