कोरोना इन फ्रान्स : सिटामोल किन्न पनि डक्टरको प्रेस्कृप्सन 

अनुराधा पौडेल

पेरिस, फ्रान्स

कोरोना नियन्त्रणका लागि फ्रान्सेली सरकारले अचम्म अचम्मका नियम अगाडि सारिरहेको छ । फ्रान्सका औषधि पसलमा चिकित्सकको प्रेस्कृप्सन बिना जसले पनि सजिलै सिटामोल किन्न पाउँथ्यो तर बुधबारदेखि यो स्वतन्त्रतामा अंकुश लगाईँदैछ ।

नयाँ प्रावधानअनुसार स्वतन्त्रपूर्व सिटामोल किन्न जानेले जम्मा एउटा बट्टा मात्र किन्न पाउनेछन् भने जिउ दुखेर जानेले दुईवटा मात्र किन्न पाउनेछन् ।

कोरोना लागेर ज्वरो आउँदा सिटामोल पनि नपाइएला कि भन्ने डरले मन खुशी किनेर घर लगेर थन्काउँदा बजारमा यसको अभाव सिर्जना हुने लक्षण देखिएको छ।

सरकारले सिटामोलको अभाव नहोस् भनेर फ्रान्सभर छरिएर रहेका २२ हजार औषधि पसललाई बुधवारदेखि यो नियम लागू गर्न निर्देशिका जारी गरेको समाचार फ्रान्सको प्रसिद्द टेलिभिजन टी एफ वनले जनाएको छ ।

यसैबीच अनलाइनमा सिटामोल बेच्न पनि प्रतिवन्ध लगाइएको छ।

यसअघि नै मास्क र अल्कोहलमिश्रित जेलको उत्पादनमा सरकारी हस्तक्षेप भइसकेको छ । सरकारको प्रत्यक्ष हस्तक्षेपमा उत्पादित यी सामाग्री सिधै सरकारी अस्पतालमा पठाइने गरिएको छ ।

फ्रान्सिसी सरकारले सिटामोलको अभाव नहोस् भनेर फ्रान्सभर छरिएर रहेका २२ हजार औषधि पसललाई बुधवारदेखि यो नियम लागू गर्न निर्देशिका जारी गरेको समाचार फ्रान्सको प्रसिद्द टेलिभिजन टी एफ वनले जनाएको छ ।

यतिबेला फ्रान्समा दैनिक ६० लाख मास्कको आबस्यकता छ र नागरिकलाई जथाभावी मास्क नकिन्न या प्रयोग नगर्न अनुरोध गरिएको छ ।

फ्रान्सका स्वास्थ्य सेवा बिभाग प्रमुख जेरोम सालोमले नागरिकले मास्कको सही प्रयोग नगरेको बताएका छन् ।उनले फ्रान्सेली सेनाको स्टकमा रहेका मास्कसमेत अस्पतालमा पठाउने तयारी भैरहेको बताए ।

कोरोनाको बढ्दो चाप रोक्न अब फ्रान्सेली सेनाको स्वास्थ्य टोलीसमेत परिचालन गरिने भएको छ । फ्रान्स र जर्मनीको सीमावर्ती शहर आल्जासमा फ्रान्सेली सेनाको नेतृत्वमा एक अस्थाई सैनिक अस्पताल बन्दैछ जहाँ कोरोनाको सघन उपचार चाहिने बिरामी भर्ना गरिने छन् ।

जर्मनी र फ्रान्सको सीमावर्ती यो शहर र आसपासका सबै अस्पताल कोरोरोना संक्रमितले भरिसकेका छन्।अबको चारदेखि ६ हप्तासम्म कोरोना रोगीको संक्रमण अझै बढ्ने अनुमान गरिएको छ।

मंगलबारदेखि नागरिकलाई सडकमा निस्कन बन्देज लगाएपछि संक्रमित क्षेत्रका कतिपय मानिस घर फर्केका छन् र तीमार्फत फ्रान्सका अन्य शहरमा समेत संक्रमण अझ बढ्ने अनुमान गरिएको छ ।

फ्रान्समा हरेक दुई दिनमा कोराना संक्रमितको संख्या दोब्बर हुने गरेको छ ।

फ्रान्समा आजसम्म ७७३० कोरोना भाइरस संक्रमित भेटिएका छन् भने १७५ जनाको मृत्यु भएको छ । यसैगरी कोरोना संक्रमणपछि घर फर्किने मानसको संख्या पाँचहजारको हाराहारीमा रहेको छ। उपचारपछि घर फर्कनेको बिबरण भने सरकारले पहिलोपटक सार्वजनिक गरेको हो।

प्रकाशित मिति: : 2020-03-18 18:14:27

प्रतिकृया दिनुहोस्