मुना कार्की हत्याकाण्डमा प्रहरीले उत्तर नभेटेका चार प्रश्न

नेपालन्यूज

काठमाडौं

सानेपा हत्याकाण्डको अनुसन्धानमा प्रहरी जुटेको ५ साता भयो। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईसहितको प्रहरी अधिकृतहरू सुरूदेखि नै घटनाको अनुसन्धानमा संलग्न छन्।

अपराध अनुसन्धानमा अब्बल मानिएका मध्येका एकजना प्रहरी अधिकृत हुन् एसएसपी राई। तर, घटनाको चुरो राई नेतृत्वको अनुसन्धान टोलीले फेला पारेको छैन। टोलीले घटना हुनुको कारण के हो? पत्ता लगाउन सकेको छैन। उनले उक्त घटनालाई ‘सुसाइड नोट नलेखी गरेको सुसाइड जस्तो भयो’ भनेका छन्।

आपराधिक घटनामा कारणको खोजी त हुन्छ। कारणबिना घटना हुँदैन पनि। यसले गर्दा कारणको खोजी गर्नुपर्छ। यससँगै घटनासँग सम्बन्धित केही प्रश्न अझै अनुत्तरित छन्। तिनै अनुत्तरित प्रश्नले गर्दा घटनालाई शंकाको दृष्टिले हेर्दा अनर्थ नहुने देखिन्छ।

१) २७ माघको बिहान पूर्वसचिव अर्जुन कार्की निवासको भान्साकोठामा घरेलु कामदार विजय चौधरीले नै कार्की पत्नी मुनाको हत्या गरेको भन्ने सिसिटिभीको फुटेजले प्रमाणित गरेको छ। भान्साकोठा प्रवेश गर्ने ढोकामा उभिएर मौका हेरेका उनले तेस्रो पटकमा मुनामाथि आक्रमण गरेर अन्ततः हत्या गरे। जहाँ विजयले पछाडिपट्टीबाट केही वस्तुले अठ्याएको-अठ्याएकै गरेर लडाएपछि केही क्षणमा पिर्काले ६/७ पटक हानेको देखिन्छ। त्यसपछि कतिखेर निस्के भान्साकोठाबाट विजय? भान्साकोठादेखि निस्केपछि कता गए? उनी कस्तो अवस्थामा निस्के? उक्त प्रश्नको उत्तर सिसिटिभी फुटेजबाट पाइँदैन।

प्रकाशित मिति: : 2020-03-19 21:40:43

प्रतिकृया दिनुहोस्