संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
बिएल संवाददाता
बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी छिन्। प्रदेश प्रमुखको कार्यालय, हेटौंडा पुगेर उनले राजीनामा बुझाएकी हुन्।
एमालेबाट एकल बहुमतको हैसियतमा मुख्यमन्त्री नियुक्त भएकी शाक्यले विश्वासको मत लिन आज डाकेको बैठकमा मार्ग प्रशस्त गरेको घोषणा गरेकी थिइन्। शाक्यको राजीनामा पछि अब प्रदेश प्रमुख शर्माले नयाँ सरकार दावी गर्नका लागि आह्वान गर्नेछन्।
शाक्य गत २ भदौमा मुख्यमन्त्री नियुक्त भएकी थिइन्। एकल बहुमत अर्थात् एमालेका ५६ जना प्रदेशसभा सदस्यको समर्थन दावी गर्दै मुख्यमन्त्री बनेकी शाक्य पार्टी विभाजन भई १३ सदस्य एकीकृत समाजवादीमा लागेपछि अल्पमतमा परेकी थिइन्। अहिले प्रदेशमा एमालेका ४३ जना मात्रै सांसद छन्।
बागमती प्रदेशसभामा एक सय नौ जना प्रदेशसभा सदस्य रहेकोमा सरकार गठनको लागि ५५ सदस्यको समर्थन आवश्यक पर्छ। नेकपा एमाले विभाजनपछि १३ जना सदस्यले एकीकृत समाजवादीमा सनाखत गरेसँगै एमालेमा ४३ जना मात्रै सदस्य छन्।
यस्तै, प्रमुख प्रतिपक्ष नेकपा माओवादीका २३, कांग्रेसको २२, विवेकशील साझा पार्टीको तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई, राप्रपाका दुई र जनता समाजवादी पार्टी (जसपा) को एकजना प्रदेशसभा सदस्य छन्।
अब बागमतीमा गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया