कोरोना रोकथाम गर्न सरकारले गम्भीर अपराध बाहेकका थुनुवालाई रिहा गर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले जघन्य अपराधका आरोपीबाहेकका थुनुवालाई रिहा गर्ने भएको छ। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गम्भीर अपराध बाहेकका थुनुवालाई रिहा गर्ने तयारी गरेको हो। 

गम्भीर अपराध बाहेक लागुऔषध दुर्व्यसनी, अभद्र व्यहारलगायतका कसुरमा थुनामा रहेकालाई रिहा गर्नेबारे महान्यायाधिवक्ता कार्यालय र प्रहरी प्रधान कार्यालयबीच छलफल हुन थालको हो। यसका लागि महान्यायाधिवक्ताको कार्यालयले प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई छलफलका लागि बोलाएको छ। 

बुधबार मात्रै सरकारले २५ जनाभन्दा बढी फेला हुन पाउने गरी निर्देशन दिएको थियो।

बिहीबार प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले पनि सरकारलाई नीतिगत निर्णय गरेर कैदीबन्दी घटाउन सरकारलाई निर्देशन दिएको छ।

कारागार तथा बालगृह अनाथलयहरुमा मानिसहरुको भीडभाड भएकाले त्यसको संख्या घटाउन के–के गर्न सकिन्छ भनेर गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिएका थिए।

प्रकाशित मिति: : 2020-03-20 02:58:13

प्रतिकृया दिनुहोस्