जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

तुराङ्ग पिपलपाटा जाँदै गरेको लु २ च ७७५१ नम्बरको जिप बिहीबार दिउँसो चन्द्रकोट गाउँपालिका–८ को तुराङ्ग मजुवामा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

 दुर्घटनामा जिपका चालक धुर्कोट गाउँपालिका–६ का २४ वर्षीय मनिष जिसीको मृत्यु भएको छ। यता जिपमा सवार चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षीय श्याम आचार्य र गुल्मीदवार गाउँपालिका वडा नम्बर २ निवासी ३० वर्षीय शिषिर गौतम गम्भीर घाइते भएको गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए।

घाइते दुवै जनालाई स्थानीय मेडिकलमा समान्य उपचारपछि पाल्पा पठाइएको उनले बताए। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-03-20 06:18:18

प्रतिकृया दिनुहोस्