चीनको राजदूतमा महेन्द्रबहादुर पाण्डे अनुमोदित

बिएल संवाददाता

काठमाडाै‌ं

 संसदीय सुनुवाई समितिले चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेको नाम अनुमोदन गरेको छ। सोमबार बसेको समिति बैठकले चीनका लागि आवासीय राजदूतमा पाण्डेको नाम सिफारिस गरको हो। समिति सभापति लक्ष्मणल कर्णले पाण्डेको नाम राजदूतका लागि सर्वसम्मत सिफारिस गरिएको बताए।

गत फागुन १८ गतेको मन्त्रिपरिषद् बैठकबाट चीनका लागि आवासीय, उत्तर कोरिया र मंगोलियाका लागि गैरआवासीय राजदूतमा सिफारिस भएका पाण्डे विरुद्ध समितिमा कुनै पनि उजुरी परेन्। संसदीय समितिले फागुन २८ गते उजुरी र गुनासो दिन आह्वान गर्दै १० दिनको समय दिएको थियो। सो समयमा कुनै पनि उजुरी नपरेको समितिले जनाएको छ।

समितिले नाम अनुमोदन गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई राजदूतमा नियुक्त गर्नेछिन्।
 

प्रकाशित मिति: : 2020-03-24 09:24:14

प्रतिकृया दिनुहोस्