कोरोना भगाउन रंगेलीकाे संन्सारी मन्दिरमा दिप प्रज्वलन !

विश्वव्यारी रुपमा फैलिएको कोरोना भाइरस अहिले नेपालमा देखापरेपछि मानिसहरु डरत्रासमा रहेका छन्। 

आजमात्रै फ्रान्सबाट आएकी एक युवतीमा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रीले जानकारी गराएका थिए। अब कोरोनाबाट कसरी बाँच्न सकिन्छ भनेर मानिसहरु चिन्ता समेत हुन थालेका छन्। 

सोही क्रममा मोरङकाे रंगेली नगर युवा क्लवले श्री संन्सारी माई मन्दिरमा विश्वशान्ति तथा नेपालमा फैलिएको कोरोना रोकथाम तथा निर्मूलको दिप प्रज्वलन गरेका छन्।  

संन्सारी मंन्दिरमा प्रज्वलन गरेर विश्वशान्तिको कामना गरिएको क्लवका अध्यक्ष निरज साहले बताए। उक्त दिप प्रज्वलनमा रंगेलीका समाजसेवि मचिन्द्र कटुवालले अहिले विश्वभरी कोरोनाको त्रास बढेकोले दिप प्रज्वलन गरेपछि रोगको निवारण हुन उनले बताए ।

दिप प्रज्वलनमा मन्दिर व्यवस्थापनका अध्यक्ष ,सदस्य ,लगायत युवा,बुद्धिजीवी ,समाजसेविहरुको समेत उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2020-03-24 11:11:15

प्रतिकृया दिनुहोस्