लकडाउनमा मापसेवन गरेर होहल्ला गर्दै हिँड्ने दुई पक्राउ

बुटवल प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। सरकारले जारी गरेको लकडाउनको सूचना अवज्ञा गरी बजारमा होहल्ला गर्दै हिँड्नेलाई चौरहाबाट नियन्त्रणमा लिएको  हो। 

मादक पदार्थ सेवन गरेर मोटरसाइकलमा होहल्ला गर्दै जथाभावी हिँड्ने बुटवलकै हेमन्त घिमिरे र नवराज श्रेष्ठलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए। 

प्रहरीले उनीहरूले प्रयोग गरेको लु २६ प ५६५२ नम्बरको स्कुटर र लु ३० प ९७०८ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित मिति: : 2020-03-25 03:21:26

प्रतिकृया दिनुहोस्