यस्तो रह्यो मुलुकभर लकडाउनको पहिलो दिन (तस्बिर र भिडियो)

कोरोना भाइरसको संक्रमणको महामारीबाट जोगिन सरकारले अख्तियार गरेको पहिलो दिनको लक डाउनको नीति सफल भएको छ। 

मानिसहरुलाई घर बाहिर निस्किन नदिने र अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न दिने सरकारी निर्णयलाई जनताले स्वीकार गरेका छन् ।

काठमाण्डौ , ललितपुर र भक्तपुरसहित मुलुकभर मंगलबार अत्यावश्यक सेवा सञ्चालनका सवारी साधन बाहेकका सवारी साधन सञ्चालन भएको देखिएनन्। 

बजार र सडकको दृश्य लगभग कर्फ्यू जस्तै देखिएको थियो । लकडाउन भनेको औषधि उपचार,  खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननिस्कन व्यवहारीक रुपमा सरकारबाट भएको आदेश हो ।

माईकिङबाट प्रहरीले सर्वसाधरणलाई भित्रै बस्न , घर बाहिर ननिस्कन आग्रह गर्दै हिडेको देखिन्थ्यो । सडकमा सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको छ भने सवारी साधनको र परिचयपत्रको चेकजाँचलाई पनि कडाई गरिएको छ । फाट्टफुट् सडकमा निस्केका सर्वसाधरणलाई प्रहरीले घरभित्रै बस्न आग्रह गरेका छन् ।

कोरोना संक्रमणको विरामी फेला परेपछि थप संक्रमण नफैलियोस् भनि सोमबार सरकारले संक्रामक रोग ऐन २०२० अनुसार एकसाताका लागि मुलुकभर लकडाउनको घोषणा गरेको हो। 

मंगलबार बिहान ६ बजे देखि १८ गते सम्म अत्यावश्यक बाहेक सर्वसाधरणलाई घर बाहिर निस्कन निषेध गरिएको छ।

हेर्नुहोस् काठमाडौं उपत्यकासहित मुलुकभरको अवस्था तस्बिरमा

 

उपत्यका र बाहिरका राससका केही तस्बिरहरू

प्रकाशित मिति: : 2020-03-25 12:10:53

प्रतिकृया दिनुहोस्