कोरोना कहरः स्पेनमा मर्नेको संख्या चीनभन्दा बढी, इटालीपछि दोस्रो 

कोरोना भाइरसको संक्रमणका कारण इटालीपछि स्पेनको अवस्था गम्भीर बन्दै गइरहेको छ। स्पेनमा मर्नेको संख्या चीनभन्दा माथि पुगेको छ।

नेपाली समयअनुसार बिहीबार साँझ ६ सम्म स्पेनमा थप ४ सय ४२ जनाको निधन भएपछि कोरोनाका कारण यो देशमा मर्नेको संख्या ४ हजार नाघेको छ। 

स्पेनमा ४ हजार ८९ जनाको निधन भइसकेको छ। यहाँ अझै ३ हजार १ सय ६६ जनाको अवस्था गम्भीर छ भने प्रतिदिन ६ हजारको दरले नयाँ संक्रमणकारी देखा पर्न थालेका छन्। 

इटालीमा अहिलेसम्म सर्वाधिक ७ हजार ५ सय ३ जनाको निधन भइसकेको छ। इटालीपछि स्पेन दोस्रो नम्बरमा छ भने चीन तेस्रो नम्बरमा पुगेको छ। चीनमा ३ हजार २ सय ८७ जनाको निधन भएको छ। 
 

प्रकाशित मिति: : 2020-03-27 07:31:23

प्रतिकृया दिनुहोस्