सङ्क्रमित युवतीसँग आएका बर्दियाका २ सहित ८३ क्वारेन्टाइनमा

रासस

राजापुर

बर्दियामा भारतलगायत विभिन्न देशबाट आएका ८३ जनालाई क्वारेन्टाइनमा राखिएको छ। भारत तथा अन्य मुलुकबाट ५१७ जना बर्दियामा भित्रिएको लगत सङ्कलनबाट खुलेको छ।

फ्रान्सबाट कतार हुंँदै यही चैत  ६ गते एयर अरेबियाबाट नेपाल आएकी कोरोना सङ्क्रमित १९ वर्षीया युवती चढेको विमानमा आएका दुई जनासहित  क्वारेन्टाइनमा राखिएको हो। 

सो  विमानमा बर्दियाका दुई जना आएकामा खोजेर एक जनालाई खजुरा गाउँपालिकामा बनाइएको क्वारेन्टाइनमा राखिएकोे पुष्टि प्रहरीले गरेको छ । 

बाँके ठेगाना भए पनि बर्दिया बाँसगढीका अर्का व्यक्तिलाई भने बाँसगढी नगरपालिकाको क्वारेन्टाइनमा राखिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए।

प्रकाशित मिति: : 2020-03-28 00:51:40

प्रतिकृया दिनुहोस्