निस्दीमा कर्मचारीलाई प्रोत्साहन भत्ता

रासस

तानसेन

 

पाल्पाको निस्दी गाउँपालिकाले कोभिड १९ को सङ्क्रमण फैलिन नदिन खटिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ। 

कोरोना भाइरस नियन्त्रणको सिलसिलामा  जोखिम मोलेर ज्यानै जाने अवस्था सिर्जना भएमा रु १० लाख उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिए।

यसैगरी जनप्रतिनिधि, कर्मचारी र प्रहरी मिलेर गाउँपालिकाका सात वटै वडामा कोरोनाबाट बच्ने उपाय, लक्षण तथा सावधानीका विषयमा दिनहुँ प्रचारप्रसार तथा हातधुने उपाय सिकाइएको र अनुगमनसमेत गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा  संयोजक रेमबहादुर दिशाले बताए।

गाउँपालिकामा अहिले स्वास्थ्य परीक्षण तथा भारतलगायत तेस्रो मुलुकबाट गाउँ भित्रिएका नागरिकको तथ्याङ्क सङ्कलन भइरहेकाले नआत्तिन र  संयमित भएर आफ्नो स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै घरमै बस्न अनुरोध गरिएको गाउँपालिकाका उपाध्यक्ष रीताकुमारी अर्यालले अनुरोध गरे। निस्दीमा ८७ प्रतिशत मगर समुदायको बस्ती छ।

प्रकाशित मिति: : 2020-03-28 08:58:10

प्रतिकृया दिनुहोस्