अदालत

संविधानको धारा ७६ (५) ले भनेको ‘उपधारा २ बमोजिमको सदस्य’ को हो?

हिमाल खबर

तुफान न्यौपाने

आइतबारको बहसमा इजलासले सोध्यो– संविधानको धारा ७६ (५) ले भनेको ‘उपधारा २ बमोजिमको सदस्य’ को हो? प्रतिनिधि सभा विघटन सम्बन्धी विवाद संवैधानिक इजलासले दिने निर्णय यही प्रश्नको जवाफमा धेरै हदसम्म निर्भर छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा थप चार घण्टाको बहसपछि प्रतिनिधि सभा विघटन सम्बन्धी विवादमा सुनुवाइ सकिनेछ। आइतबार सभामुख अग्निप्रसाद सापकोटाका चार कानून व्यवसायीले बहस टुंग्याएका छन् भने शेरबहादुर देउवा लगायत १४६ जना रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले जवाफी बहस गरेका छन्। अब वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले करीब दुई घण्टा जवाफी बहस गर्नेछन्।

त्यसपछि एमिकस क्यूरी (अदालतका सहयोगी) का रूपमा नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका चार जना प्रतिनिधिले इजलासलाई आफ्नो राय उपलब्ध गराएपछि बहस सकिनेछ। त्यसपछि सर्वोच्च अदालतले प्रस्तुत विवादमा आफ्नो निर्णय सुनाउनेछ। 

प्रकाशित मिति: : 2021-07-05 07:25:00

प्रतिकृया दिनुहोस्